नेकपाको सचिवालय बैठक पेरिसडाँडामा बस्ने



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सचिवालय बैठक बोलाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सचिवालय बैठक बोलाउने सहमति भएको हो ।

स्रोतका अनुसार शुक्रबार ११ बजे बस्ने सचिवालय बैठक पेरिस डाँडामा बस्ने भएको छ । नेकपा गठन हुनुभन्दा पहिला पेरिस डाँडाम पूर्वमाओवादीको पार्टी कार्यालय थियो । धुम्बाराहीमाभन्दा पेरिसडाँडामा बैठक बस्न सजिलो हुने भएकाले पेरिस डाँडामा बोलाइएको स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्