वैज्ञानिकद्धारा विश्वकै सबैभन्दा पुरानो वीर्य फेला



काठमाडौं । पूरातत्वविद्हरुको एक टोलीले म्यानमारमा विश्वकै सबैभन्दा पुरानो वीर्य फेला पारेका छन् । ओस्ट्राकोड नामक जीवको शरीरमा रुखको चोपमा सुरक्षितरुपमा जमेको अवस्थामा फेला परेको उक्त वीर्य १० करोड वर्ष पुरानो रहेको वैज्ञानिकहरुको दाबी रहेको छ ।

यसअघि फेला परेको जनावरको वीर्य १.७ करोड वर्ष पुरानो रहेको नान्जिङस्थित चाइनिज एकाडेमी अफ साइन्सको टोलीका प्रमुख वाङ हीले भने ।

करिब ५० करोड वर्ष अघिदेखि पृथ्वीमा पाइने ओस्ट्राकोड जीव अझै पनि समुन्द्रमा पाउन सकिने बुधबार प्रतिष्ठान रोयल सोसाइटीको जर्नलमा प्रकाशित पेपरमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्