४८ रुपैयाँमा प्याज किनेर १२० मा बेच्ने बल्खु तरकारी बजारका व्यापारी पक्राउ



काठमाडौं । बल्खु तरकारी बजार होलसेलको एसके सप्लायर्स र चुली सगरमाथा इन्टरप्रइजेजका सञ्चालक सुनिल केसीलाई महानगरीय प्रहरी वृत्त कालिमाटीले पक्राउ गरेको छ । बुधबार बिहान काठमाडौं महानगरपालिककले बल्खु तरकारी बजार अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा प्रतिकिलो ४८ रुपैयाँमा खरिद गरेको प्याज १ सय २० मा बेचेको पाइएपछि व्यापारी सुनिल केसीलाई महानगरीय प्रहरी वृत कालिमाटीको जिम्मा लगाइएको अनुगमनमा गएका उपभोक्ताकर्मी माधव तिमल्सिनाले जानकारी दिए ।

उनका अनुसार दुई वटा पसलको गरेर २ सय १९ बोरा प्याज सिल गरिएको छ । अन्य व्यापारीलाई भने उपभोक्ता संरक्षण ऐनअनुसार कारबाही गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई सिफारिस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्