जीवनराम श्रेष्ठद्धारा कोरोना संक्रमितलाई रोग प्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेदिक औषधि वितरण



काठमाडौं । शिक्षा तथा स्वास्थ्य संसदीय समितिअन्तर्गत कोभिड–१९ प्रभावकारिता अध्ययन उपसमितिका संयोजक जीवनराम श्रेष्ठले काठमाडौंको नागार्जुन नगरपालिकाको बाफल क्षेत्रमा कोभिड– १९ संक्रमितहरुलाई रोग प्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेदिक औषधि वितरण गर्नु भएको छ ।

ललितपुर जिल्लामा उत्पादित प्राकृतिक औषधि गुडुची चूर्ण र त्रिकटु चूर्ण नामक आयुर्वेदिक औषधि सांसद श्रेष्ठले होम आइसोलेशनमा बसेका संक्रमितहरुलाई वितरण गर्नु भएको हो । त्यस क्रममा नागार्जुङ नपा वडा नं. ४का अध्यक्ष, वडा सदस्यलगायतको सहभागिता रहेको थियो ।

उक्त औषधि सांसद श्रेष्ठकै पहलमा विरामीहरुलाई निःशुल्क उपलब्ध गराइएको हो । उक्त आयुर्वेदिक होम आइसोलेसनमा १४ दिनसम्म बसेर उपचार गराइरहेका बिरामीहरु थिए । त्यस क्रममा दर्जनभन्दा बढी संक्रमितको घर घरमा पुगेर सांसद श्रेष्ठ स्वास्थ्य अवस्था बुझ्दै छिटो निको हुन कामना गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्