
विश्वका सबैभन्दा धनी व्यक्ति अर्थात माइक्रोसफ्टका सह संस्थापक बिल गेट्सका पिता विलियम हेनरी गेट्सको ९४ बर्षको उमेरमा निधन भएको छ ।
उनी अल्जाइमरको विरामी थिए। विलियम हेनरी गेट्स द्धितीयको सन् १९२५ मा वासिङ्टनको बेरमर्टनमा जन्म भएको थियो ।
उनको निधनपछि विल गेट्सले आफ्ना पिता आफ्नो जीवनका वास्तविक ‘हिरो’ भएको बताए । उनको प्रेरणाका कारण आफू परोपकारी कार्यमा लागेको विल गेट्सले बताएका छन् ।





