कोरोना संक्रमित कांग्रेस महामन्त्री कोइराला उच्च ज्वरो आएपछि अस्पताल भर्ना



काठमाडौं । कांग्रेस महामन्त्री डा.शशांक कोइराला ओम अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण भएपछि घरमै आइसोलेसनमा बसिहेका कोइराला अचानक ज्वरो आएपछि सोमबार राति अस्पताल भर्ना भएका हुन् ।

उनका स्वकीय सचिव भरत तिवारीका अनुसार सोमबार साँझ ६ बजेदेखि कोइरालालाई १०३ डिग्री ज्वरो आएको थियो । ज्वरो कम नभएपछि राति ८ बजे कोइराला ओममा भर्ना भएको तिवारीले बताए ।

अहिले ज्वरो हटे पनि उहाँमा निमोनियाको संक्त देखिएको डाक्टरले बताएका छन् तिवारीले भने । कोइरालाको उपचारमा ओमका मेडिकल डाइरेक्टर सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा.विश्वनाथ नेतुत्वको चिकित्सक टोली संलग्न छ । उनको अवस्था सुधारोन्मुख रहेको अस्पतालका प्रवन्ध सञ्चालक बाबुकाजी कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्