अपडेट : सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६ रिक्टरस्केलको भूकम्प



काठमाडौँ उपत्यका लगायत विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।

भूकम्पबारे जानकारी दिने वेबसाइट ईएमएससीका अनुसार ५ बजेर १९ मिनेटमा गएको भूकम्पको केन्द्रविन्दु काठमाडौँबाट ६३ किलोमिटर उत्तर पूर्व सिन्धुपाल्चोकमा रहेको र यसको म्याग्निच्युड ६ रिक्टरस्केल रहेको उल्लेख गरेको छ ।  सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापदन केन्द्र जानकारी दिएको छ ।

धक्का भने अलिक ठूलै महसुस गरिएको थियो । मानबिय क्षेती भने कुनै नभएको भन्ने पहरीले जानकारी दिएको छ ।

यसअघि, भदौ २६ गते बिहान साढे ९ बजे झापाको बाहुनाँगीस्थित नेपाल–भारत सीमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस्