बालिकालाई यौन दुर्व्यहार गरेको अभियोगमा पक्राउ



कास्की । १० वर्षीय बालिकालाई यौन दुर्व्यहार गरेको अभियोगमा पोखरा महानगरपालिका-७ चोरसाँघु बस्ने ५२ वर्षीय टिका बहादुर दमाईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बालिकाको घरमा कोही नभएको अवस्थामा टिका बहादुरले यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्