अवैध लागूऔषध सहित पक्राउ



काठमाडौं । सुनसरी, ईटहरी उपमहानगरपलिका-६ खेतिखोला छेउबाट करिब २ ग्राम ८ सय ३० मिलीग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित सोही उपमहानगरपालिका-५ बस्ने २३ वर्षीय सुजन कार्की ढोलीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त ठाउँमा लागूऔषध किनबेच गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र सिआरभि बसपार्कबाट खटिएको प्रहरीले उनलाई जाँच गर्दा उक्त ब्राउनसुगर सहित फेला पारी पक्राउ गरेको हो ।

सिरहा, धनगढीमाई नगरपालिका-१३ डुम खोला नजिक खेतबाट करिब ११ किलो अवैध लागूऔषध गाँजा सोमबार राति प्रहरीले बरामद गरेको छ । उक्त स्थानबाट अवैध लागूऔषध गाँजा ल्याउँदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय बिष्णुपुरकट्टीबाट गस्तीमा खटिएको प्रहरीलाई देख्नासाथ उक्त गाँजा फाली केही व्यक्तिहरु फरार भएका थिए ।

हाल फरार व्यक्तिहरुको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्