हरियो केराउ बरामद



काठमाडौं । मोरङ बिराटनगर मनपा १८ तरेगामा स्थितमा नेपालबाट भारत तर्फ लुकाई छपाई अवैध रुपमा लग्न लागेको अवस्थामा अन्दाजी १५ हजार रुपैयाँ बराबरको २५ किलोको दरले ७ बोरा हरियो केराउ प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटीएको गस्ती टोलीले उक्त केराउ पक्राउ गरेको हो । प्रहरीलाई देखेपछि केराउ र साइकल सोही स्थानमा नै छाडी मानिस फरार भएको छ । अहिले मानिसको खोज तलास कार्य जारी रहेको र बरामद केराउ/साइकल जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय रानी विराटनगरमा बुझाउने पहल भईरहेको प्रहरी प्रवक्ता प्रनाउ मान बहादुर राईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्