विद्युत प्राधिकरणले कुलमानको बिदाई गर्दै, के अब पुनः नियुक्तिको सम्भावना टरेकै हो ?



काठमाडौं । नेपाल विद्युत प्राधिकारणले आइतबार कार्यकाल सकिएका कार्यकारी निर्देशक कुलमान घिसिङको मंगलबार बिदाइ गर्ने तयारी गरेको छ । प्राधिकरणका कर्मचारीले बिदाई कार्यक्रमको आयोजना गरेका हुन् ।

(कोभिड-१९) का कारण भिडभाड गर्न नमिल्ने भएपछि सीमित कर्मचारी मात्र बसेर बिदाई र्ग लागिएको प्राधिकारणका एक कर्मचारीले बताए ।

४ वर्षे कार्यकाल पुरा गरेर उज्याले नेपाल बनाएका कुलमान घिसिङले आफ्नो कार्यकालमा धरेै प्रशंसा कमाएका छन् । ऊर्जामन्त्री वर्षमान पुनले प्रस्ताव लगेकोमा प्रधानमन्त्रीले सुरुमै कानुनी प्रश्न रहेकाले यसमा आफूले थप परामर्श गर्ने बताएपछि सोबारे छलफल नै भएको छैन ।

सोमबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनी अड्चन रहेको भन्दै यसबारेमा आफूले थप बुझेर निर्णय लिने बताएका थिए । ओलीको चाहना कुलमानलाई निरन्तरता नदिने रहेको बुझिएको छ ।

उनको पुनर्नियुक्तिबारे निर्णय लिन ढिलाइ भएपछि घिसिङल बिदाई हुने इच्छा देखाएको प्राधिकरणका ती कर्मचारीले बताए । घिसिङकै इच्छा अनुसार विदाइ गर्न लागिएको बुझिएको छ ।

दैनिक १४ घण्टा लोडसेडिङ भएको समयमा प्राधिकरणमा आएका उनलाई देशमा लोडसेडिङ अन्त्य गरेको जस जान्छ । कार्यकारी निर्देशकको रुपमा आएको ६ महिनामै उनले काठमाडौं उपत्यकालाई लोडसेडिङमुक्त घोषणा गरेका थिए । त्यसलगत्तै देश सबै क्षेत्रलाई लोडसेडिङमुक्त गराएका थिए ।

यो अवधिमा ३४ अर्ब सिञ्चित नोक्सानमा रहेको प्राधिकरणलाई करिब ५ अर्ब सिञ्चित नाफामा पुर्याउने र वार्षिक ८ अर्ब रुपैयाँ घाटामा रहेको प्राधिकरणलाई ११ अर्ब नाफाको बलियो अवस्थामा पुर्याउने जस समेत उनैले पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्