लक्षणविहीन संक्रमितको पिसिआर परीक्षण नगर्ने स्वास्थ्य मन्त्रालयको तयारी



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षणविहीन कोरोना संक्रमितहरुको पिसिआर परीक्षण नगर्ने लागू गर्ने गयारी गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीले अब लक्षणबिहीनको परीक्षण नगर्दा पनि फरक नपर्ने निष्कर्ष निकाल्दै मन्त्रालयले लक्षण भएकाहरुको मात्र परीक्षण गर्ने गरी काम अघि बढाएको जानकारी दिए ।

यसबारे छलफल भएको हो तर मन्त्रिपरिषद्मा प्रस्ताव गएको जानकारी भएन, अधिकारीले भने, लक्षण भएकाहरुको मात्र परीक्षण गर्ने र नभएकाहरुको नगर्दा पन िफरका पर्दैन तर आइसोलेसनमा चाँिह बस्नुपर्छ भन्ने मन्त्रालयको भर्सन हो ।

उनले अब ट्रेस गरेरमात्र परीक्षण बढाउने भन्दा पनि क्वारेन्टिन र आइसोलेसन व्यवस्थापनमा मन्त्रालयलेृ जोड दिने जनाए । क्वारेन्टिनलाई पनि त्यतिकै जोड दिनुपर्छ । एउटा जिल्लाबाट अर्को जिल्लामा जाँदा १४ दिन क्वारेन्टिनमा राख्नुपर्छ ।

अहिले दैनिक औसत १० हजार जनाको पिसिआर परीक्षण हुँदै आएको छ । मन्त्रालयका तथ्यांकअनुसार हालसम्म साढे आठ लाख बढी मानिसको पिसिआर परीक्षण भएको छ ।

प्रतिक्रिया दिनुहोस्