फरार प्रतिवादी पक्राउ



काठमाडौं । कर्तव्य ज्यान मुद्दामा फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएका प्रहरीले सुनसरी बराहक्षेत्र-११ मधुवनबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका वडा नं. का ३१ वर्षीय विनय कुमार सरदार रहेका छन् । २०७३ भदौ १२ गते मोरङ बेलबारी नगरपालिका वडा नं . ५ कसेनी स्थित लोहन्द्रा खोलको किनारा छेउमा धारिलो हतियार प्रयोग गरि चन्द्र कुमार राईलाई कर्तब्य गरी मारेको आरोपमा उनलाई पक्राउ गरेको हो । थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्