जुम्ल्याहा छोराका फरक फरक बाबु…



जुम्ल्याहा बच्चा फरक फरक पिताबाट जन्मिएको घटना हामीले सायदै सुनेका छौँ । तर यस्तो अचम्म लाग्दो घटना हालै चिनमा घटेको छ ।

चीनका एक पुरुषले आफ्नो जुम्ल्याहा बच्चा जन्मिएको केही समयपछि जन्मदर्ता गराउन जादाँ दुवै बच्चा आफ्नो नभएको थाहा पाए । जन्मदर्ता गर्नुअघि अनिवार्य रुपमा डिएनए टेष्ट गराउनु पर्ने भएकाले ती पुरुषको पनि डिएनए टेष्ट गराइएको थियो । टेष्टमा एउटा बच्चा ती पुरुषको नभएको पुष्टि भएको छ ।

पछि अनुसन्धान गर्दा ती पुरुषकी श्रीमतीले परपुरुषसँग पनि शारीरिक सम्बन्ध राखेको पत्ता लागेको छ । छोटो समयमा दुई व्यक्तिसँग यौन सम्पर्क राख्दा त्यस्तो हुनसक्ने डाक्टरले बताएका छन् ।

यस्तो केस करोडौँमा एक हुने गरेको चिकित्सकहरु बताउँछन् । आमाले दुई पुरुषसँग यौन सम्पर्क गरेपछि जुम्ल्याहा बच्चाका आमा एउटै तर पिता फरक भएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्