
काठमाडौं । वरिष्ठ चिकित्सक गोविन्द केसीले १९ औं सत्याग्रह थालेका छन् । विभिन्न माग राख्दै पटक पटक सरकारलाई अल्टिमेटम दिँदै आएका केसीले सोमबार जुम्लामा अनसन थालेका हुन् ।
उनी जुम्ला बजार नजिकै सिंहचौरस्थित बाबिरा मस्ट मन्दिरमा सत्याग्रह बसेका छन् । मलाई यहाँ हिँड्डुल गर्नदेखि उपचार गर्न जान समेत बारम्बार अवरोध हुँदै आएकोले बिना जानकारी सत्याग्रह बसेको हुँ, केसीले भने ।
उनले यसपल्टको सत्याग्रहमा विभिन्न ६ बुँदे माग अघि सारेका छन् । केसी लकडाउन अघिदेखि नै जुम्लामा छन् । कर्णलीका विकट जिल्लामा उनी औषधि र उपचार गर्दै हिँडिरहेका थिए । कर्णली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पु¥याएर एमबिबिएसलगायतका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने उनको पहिलो माग छ ।





