काठमाडौं । सार्वजनिक खरिद अनुगमनको कार्यालयले समयमै करार सम्पन्न गर्न नसकेको भन्दै तीन निमार्ण व्यवसायीलाई कालोसूचीमा राखेको छ ।
कार्यालयले स्वास्थ्य सामग्री खरिदको जिम्मा पाएर विवादित बनेको ओम्नी समूह (ओबिसीआइ)लाई कालोसूचीमा राखेको छ । ओम्नीले स्वास्थ्य सामग्री आपूर्ति गर्ने जिम्मा पाएर पनि समयमै सम्पन्न गर्न सकेको थिएन ।
समयमै आपूर्ति गर्न नसकेपछि ठेक्का रद्द गरेको स्वास्थ्य सेवा विभागले ओम्नीलाई कालोसूचीमा राख्नका लागि सिफारिस गरेको थियो ।
विभागको सिफारिसअनुसार कार्यालयले १ वर्षका लागि कालोसूचीमा राखेको हो । यो अवधिमा ओम्नीले कुनै पनि टेन्डरमा सहभागी हुन पाउने छैन । कार्यालयले अरुण कन्स्ट्रक्सनलाई पनि १ वर्षको लागि कालोसूचीमा राखेको छ । त्यस्तै वीटी/टौदह र फस्कु जेभीलाई पनि २ वर्षका लागि कालोसूचीमा राखेको छ ।