मन्त्रिपरिषद् बैठक बस्दै, कुलमानको पुनः नियुक्तिबारे निर्णय हुन सक्ने



काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ पाँच बजे मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

आजको मन्त्रिपरिषद् बैठकमा ऊर्जामन्त्री वर्षमान पुनले विद्युत प्राधिकारणको कार्यकारी प्रमुखमा कुलमान घिसिङलाइए पुन: नियुक्तिको लागि प्रस्ताव लैजाने तयारी गरेका छन् । स्रोतका अनुसार कुलमानलाई पुन: नियुक्ति गर्ने बारे प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच छलफल भइसकेको छ । तर प्रचण्ड कुलमानलाईै दोहो¥याउने पक्षमा भएपनि प्रधानमन्त्रि ओलीको भने रुची नभएको स्रोतको दाबी छ ।

राम्रो काम गरिरहेको व्यक्तिलाई फेरि नियुक्ति नगर्दा जनतामा राम्रो सन्देश नजाने भन्दै कुलमानलाई पुनः नियुक्ति गर्न प्रचण्डले आग्रह गरेको स्रोतले बतायो ।

कुलमानको चार वर्षे कार्यकाल भदौ २८ गतेदेखि सकिएको छ । लोडसेडिङ हटाउन महत्वपुर्ण भुमिका खेलेको भन्दै जनताबीच कुलमानको लोकप्रियता बढ्दो छ ।

प्रतिक्रिया दिनुहोस्