टिपरको ठक्करबाट प्रहरी जवानको मृत्यु



बुटवल । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको देवदहमा टिपरको ठक्करबाट प्रहरी जवानको भृतयु भएको छ । कपिलवस्तु जिल्लाको कपिलवस्तु नपा-४ तौलिहवा बस्ने वर्ष ३३ का प्रहरी जवान अमित श्रेष्ठको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु २ ख ८९९ नं. को टिपरले पश्चिमतर्फ आउँदै गरेको ध१प ९७९५ नं. स्कुटीमा सवार प्रहरी जवानलाई ठक्कर दिँदा उनको उपचारको क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय दाडले जनाएको छ । अर्की एक प्रहरी जवान घाईते भएकी छन् । घाईते हुनेमा रुपन्देहीको सैनामैना नपा ४ बस्ने वर्ष २३ की प्रहरी जवान सन्तोषी थारु रहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्