कविता वाचन प्रतियोगीता- २०७७ सम्पन्न



काठमाडौं । नेशनल प्याब्सन काठमाण्डौले आयोजना गरेको उपत्यकाव्यापी अनलाईन कविता वाचन प्रतियोगीता २०७७ भाद्र २७ गते शनिवार भब्यताका साथ सम्पन्न गरियो । यस कार्यक्रमका प्रमुख अतिथी प्राज्ञ जीवेन्द्र देव गिरी (पूर्व सदस्य सचिव, नेपाल प्रज्ञा प्रतिष्ठान) हुनुहुन्थ्यो ।

यस कार्यक्रममा शुभकामना दिनुहुनेमा नेशनल प्याब्सन राष्ट्रिय अध्यक्ष रितु सापकोटा,महा सचिव शुवास न्यौपाने र वरिष्ठ सल्लाहकार कर्ण बहादुर शाही हुनुहुन्थ्यो। कार्यक्रमको सभापतित्व काठमाण्डौ जिल्ला अध्यक्ष श्री खड्क बहादुर बस्नेतले गर्नु भएको थियो ।

उक्त कार्यक्रम संचालन सचिव श्री अमृत खड्काले गर्नु भएको थियो भने कार्यक्रमको स्वागत मन्तब्य कार्यक्रम संयोजक तथा एनप्याब्सन जिल्लाका सह-कोषाध्यक्ष श्री प्रेम कुमार भुजेलले दिनु भएको थियो । यस कार्यक्रममा सहभागी विद्यालयहरु पचास भन्दामाथि र प्रतियोगीहरु सत्तरी ९७०० भन्दा माथि सहभागी भएका थिए ।

यस प्रतियोगितामा प्रथम क्रिस्मादा भट्ट कक्षा-६ (ज्ञानभूमि स्कुल), द्वितीय श्रेया दाहाल कक्षा-७ (न्यू भिजनस्कुल) , र तृतीय सुस्मिता सापकोटा कक्षा-१० (ग्रिन फिल्ड स्कुल) भएका थिए। सो प्रतियोगितामा वाल्मीकि क्याम्पसका क्याम्पस प्रमुख सहप्राध्यापक डा। गणेशप्रसाद घिमिरे तथा सोही क्याम्पसका उपप्राध्यापक डा.माधवप्रसाद लामिछानेले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्