चितवनमा होम आइसोलेसनमा रहेकी कोरोना संक्रमितको मृत्यु



काठमाडौं । चितवनमा होम आइसोलेसनमा रहेकी कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ ।

भरतपुर महानगरापलिका ५ टाइगर चोक निवासी ८५ वर्षीया वृद्धाको आइतबार बिहान ६ बजे मृत्य भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिए ।

होम आइसोलेसनमा रहेका कोरोना संक्रमितको मृत्यु भएको चितवनमा यो दोश्रो घटना हो । यसअघि खैरहनी नगरपालिकाकी १०८ वर्षीया वृद्धाको पनि घरमै मृत्युभएपछि कोरोना पुष्टि भएको थियो ।

आइतबार मृत्यु भएकी बृद्धा अल्सर र क्यान्सरकी बिरामी हुन् । उनको शरीरमा हेमोग्लोविनको मात्रा पनि कम रहेको तिवारीले बताए ।

प्रतिक्रिया दिनुहोस्