चितवनमा करेन्ट लागेर दुई सैनिकको मृत्यु



काठमाडौं । रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर चितवनमा दुई जना सैनिकको मृत्यु भएको छ । कालिका नगरपालिकाको वडा नम्बर ८ शक्तिखोरस्थित सिंहनाथ गणमा कार्यरत दुई जना सैनिकको शनिबार मृत्यु भएको हो ।

गणको कम्पाउण्डमा रहेको रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर सुवेदार र जवानको मृत्यु भएको चितवन प्रहरीको प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले जानकारी दिए ।

रुखले विद्युतीय तारलाई छोएपछि उनीहरुले हाँगा काट्ने प्रयास गरेका थिए । सुवेदार राजुबाबु श्रेष्ठको उपचारको लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको थियो। सैनिक जवान साजन कुमालको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको थापाले बताए।

प्रतिक्रिया दिनुहोस्