
कोरोना संक्रमण फैलन नदिनको लागि उत्तर कोरियाले निकै कडा कदम उठाएको छ । चीन हुँदै उत्तर कोरिया छिर्नेलाई सरकारले गोली हान्नेसम्मको आदेश दिएको छ ।
धेरैलाई थाहा छैन होला चीन उत्तर कोरियाको सबैभन्दा ठूलो सहयोगी हो । अन्तर्राष्ट्रिय न्युज एजेन्सी एएफपीले दक्षिण कोरियास्थित अमेरिकी सेनाका कमाण्डरलाई उद्धृत गर्दै यसमा जानकारी दिएको हो ।
एएफपीको समाचारअनुसार उत्तर कोरियाली स्पेशल अपरेशन फोर्सलाई सीमामा तैनाथ गरिएको छ, त्यस्तै स्ट्राइक फोर्सलाई गोली हान्नेसम्मको आदेश दिइएको छ । एक्सप्रेस को युकेमा प्रकाशित समाचारअनुसार सीमा क्षेत्रमा एक किलोमिटर भित्र छिर्ने जोसुकैलाई पनि उनीहरुल कारण नसोधी गोली हान्न सक्छन् ।





