
प्रकाश योगी
कंचनपुर । कृष्णपुर नगरपालिकामा अधिकांश भुसे इट्टा उद्योगहरु अबैध रुपमा संचालन भै रहेका छन कृष्णपुरको वडा नम्बर २ नया बस्ती कटान र बडनिखेडामा ६ ओटा अबैध रुपमा सन्चालन इट्टा भट्टीहरु केही बर्ष यता सन्चालन भै रहेका छन अहिले सम्म अख्तियार को ध्यान परेको छैन ।
प्रशासन मौन छ गत बर्ष स्थानीयले बिरोध गरे पनि कृष्णपुर २ नम्बरको वडा कार्यालयमा केही आर्थिक चलखेल भएका कारण सहमती भएको नाम नखोल्ने सर्तमा नयाँबस्ती टोलका एक स्थानीयले बताउनु भयो । घर नजिकै आगनमा नै इटा भट्टी सन्चालन हुदा धुवा धुलोले हैरान गरेको र यी यस्ता अबैध भट्टी हरु बन्द गर्नु पर्ने स्थानीय रामप्यारी चौधरी र राजमती चौधरी ले बताउनु भयो ।
नयाँ बस्ती कटान टोलका स्थानीय कैलाश सार्की का ६ बर्षका छोरा बिशाल सार्की घर आगन मै इटा भट्टी संन्चालन हुदा इटा भट्टीमा परि घाइते भए तर उपचार खर्च पनि पाएनन् । यी यस्ता अबैध रुप मा संचालक भै रहेका इटा उद्योगले बाताबरण पर्यावरणलाई र प्रत्यक्ष त्यहाँ का स्थानीय जनताले निकै सास्ती खेप्नु परेको छ ।