नेकपाको विवाद अन्त्य : ओली/प्रचण्ड भन्छन, एकताको नयाँ ढोका खुल्यो



काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी असफल भएको हेर्न चाहने तत्वमाथि पार्टीले सफलता प्राप्त गरेको बताएका छन् । नेकपा स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दैै, प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले बैठकमा भने ‘बैठकले पार्टीको एकतालाई झन मजबुत बनाएको छ, यो सुदृढ एकताले हामीलाई असफल भएको हेर्न चाहने तत्वमाथि हामीले सफलता हासिल गरेका छौं,’  ।

प्रधानमन्त्री ओलीले पार्टीभित्र विगतमा केही असमझदारी र असहमति भएपनि अब पार्टीको कामलाई सुदृढ एकतासाथ अगाडि बढाउने संकल्प गरे ।

त्यसैगरी अर्का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्रको आन्तरिक असहमतिलाई सहमतिमा बदलेर ठूलो दुर्घटनाबाट पार्टी जोगिएको बताए । ठूलो पार्टीभित्र आन्तरिक वैचारिक वहस हुनु सकारात्मक रहेको भन्दै अध्यक्ष प्रचण्डले त्यही वैचारिक वहसबाटै पार्टीलाई नयाँ शिरामा रुपान्तरण गर्न सघाउ पुगेको बताएका छन् । त्यसका साथै प्रचण्डले भने ‘अध्यक्षद्वयको प्रस्तावलाई स्थायी कमिटी बैठकले सर्वसम्मत पारित गरेर एकताको नयाँ ढोका खोलेको छ, विगतको उतारचढावबाट शिक्षा लिंदै अब अघि बढ्नुपर्छ’  ।

प्रतिक्रिया दिनुहोस्