बुटवल अस्पतालमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु



बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्द्रेहीका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

रुपन्देहीको ओमसतिया गाउँपालिका ४ का ४० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । अस्पतालमा यही भदौ १४ गते भर्ना भएका ती पुरुषमा स्वासप्रश्वास र समस्या रहेको थियो ।

हाल कोरोना विशेष अस्पतालमा १६ जनाको आइसीयूमा र १ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्