नेकपा बैठकको निर्णय : एमसिसी संशोधनपछि पारिति गर्ने



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी समिति बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अध्यक्ष केपी ओली सरकारको काममा केन्द्रीत हुने र प्रचण्ड कार्यकारी अध्यक्षकोे भूमिका सहित पार्टीको नेतुत्वमा रहने निर्णय भएको छ ।

बैठकले सरकारको काम कारबाहीमा पार्टीले हस्तक्षेप नगर्ने तर महत्वपूर्ण र विषयमा भने पार्टीसँग समन्वय गरेर मात्रै निर्णयमा पुग्ने निर्णय गरेको छ ।

त्यस्तै  बैठकले एमसिसी संशोधनपछि पारिति गर्ने निर्णय गरेको हो । यसअघि झलनाथ खनालको नेतृत्वमा गठन गरेको कार्यदलले दिएका सुझाव प्रतिवेदनलाई समेत ध्यान दिई पार्टीको बैठकमा छलफल गरेर के के विषय संशोधन गर्ने भन्ने निष्कर्षमा पुगिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

एमसिसीको हकमा यसलाई आवश्यकताअनुसार संशोधन र परिमार्जन गरी अनुमोदन गर्ने निर्णय पार्टीले निकालेको छ प्रवक्ता श्रेष्ठले भने ।

प्रतिक्रिया दिनुहोस्