पर्खिरहनु



पर्खिरहनु

विश्वास गर्नु

म आउनेछु

पक्कैपनि

म आउनेछु

तिमीलाई भेट्न ।

तिमीलाई उदास लाग्न सक्छ

छ्टपटी बढ्न सक्छ

यो समय

तरपनि

तिम्रो र मेरो बीचको

विश्वास टुट्न नदिनु ।

धर्तीमा उज्यालो नखँस्दै

म टुप्लुक्क आई पुग्नेछु ,

तिमीलाई भेट्न आउनेछु ।

पर्खिरहनु,

बाटो कुरिरहनु ,

फुलेका ती सुन्दर फुलहरुलाई

हेर्दै गर्नु मौसमलाई हेर्नु

आकाशका ती बादलहरुलाई हेरेर

धेरै नजिस्किनु ।

म पक्कैपनि आउनेछु

प्रेमको सौन्दर्य छरेर

तिमीले पर्खिनुछ

प्रतीक्षा गर्नुछ

यो समय धर्य गर्नुछ तिमीले

जहाँ प्रतीक्षा छ

त्यहाँनेर प्रेम छ ।

     -अमित संग्रौला

प्रतिक्रिया दिनुहोस्