२५ हजार घुससहित खानेपानी संस्थानका प्रशासन सहायक पक्राउ



काठमाडौं । कास्कीको पोखरास्थित नेपाल खानेपानी संस्थानमा कार्यरत प्रशासन सहायक कृष्णहरि वाग्ले २५ हजार घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिइ गएको टोलीले सेवाग्राहीसँग २५ हजार रुयैयाँ घुस लिइसकेको अवस्थामा वाग्लेलाई पक्राउ गरेको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

खानेपानी उपभोग गरेबापतको शुल्क तिर्न जाँदा विभिन्न बहानामा सेवाग्राहीसँग घुस माग गरेको उजुरीको आधारमा आयोगको टोलीले पोखरा महानगरपालिकाको ट्याक्सी चोक, बगरस्थित एक रेस्टुरेन्टबाट नियन्त्रणमा लिएको अधिकारीले बताए । वाग्लेलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्