सम्पत्तिको लागि एक महिलाले गरिन् १० बर्षमा ८ जनासँग विवाह



विवाह हरेक मानिसको सपना हो । विवाह जीवनमा एकपटक गरिन्छ तर जीवनभरको लागि आफ्नो जीवनसाथीको साथ छोडिदैँन । तर केहीले विवाह स्वार्थको लागि मात्र गर्ने गर्छन् ।

यस्तै एउटा घटना भारतमा घटेको छ । भारतकी एक महिलाले १० बर्षमा ८ जनासँग विवाह गरेकी छिन् । उनले विवाह केवल सम्पत्तिको लागि मात्र गरेको पुष्टि भएको छ । फेरि विवाह पनि आफ्नो उमेरकोसँग नभएर आफूभन्दा वृद्धसँग मात्रै ।

यूपीको गाजियाबाद पुलिसले मुद्धा दर्ता गरेको ती महिलाको नाम मोनिका मलिक भएको रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

ती महिलाले पछिल्लो समय एक ६६ वर्षीय कन्स्ट्रक्सन कन्ट्रेक्टरलाई आफ्नो निशाना बनाएकी थिइन् । ती महिलाले उनको १५ लाख नगद र अन्य सामान लिएर फरार भएकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्