‘लेखा प्रमुखले नै पेश्की माग्दा शरीर मागे, धम्क्याउँदै यौन शोषण गरे !’



पोखरा । मान्छेलाई जब जीवनमा नसोचेको कुरा हुन्छ अनि जे कुरा नि गर्न बाध्य हुन्छन् । हो यस्तै घटना घटेको छ पोखरामा श्रीमानको दुर्घटनामा ज्यान गएपछि श्रीमतीले पोखराको हिमालयन आँखा अस्पतालमा जागिर पाइन् ।

महिलाको आर्थिक अवस्था कमजोर भएको कारणले गर्दा ती महिलामाथि सोही आँखा अस्पतालका लेखा प्रमुखको आँखा लाग्यो । आर्थिक अवस्था कमजोर हुँदा ती महिलाले पेश्की माग्थिन् तर प्रमुखले अनेक सर्त राख्न थाले । ती प्रमुखले आफूले भनेको मानेर यौन इच्छा पूरा गर्न दिए पेश्की मिलाइदिने भन्दै डर धम्की देखाउने गरे ।

डर धम्कीमात्रै देखाएनन् भन्दा-भन्दै उनी ति महिलाको कोठा सम्म नि पुग्न थाले कोठामा गएर अभद्र व्यवहार गर्ने ती महिलाको आरोप छ । आर्थिक हिसाबले कमजोर ती महिलाको लेखा प्रमुखका अधि केही सिप चलेन के नै गर्न सक्थिन र विचरा ति महिला..यस्तै घटना ४/५ वर्ष चलिरहेको ती महिलाको आरोप छ ।

अति भए पछि गत शुक्रबार ती महिलाले अस्पताल प्रशासनमा उजुरी दिइन् । तर अस्पतालका प्रमुखले डर धम्की देखाएर यौन शोषण गरेको घटना बाहिर ल्याए जागिर नै खाइदिने बताएको महिलाको आरोप छ ।

अस्पताल प्रशासनले लेखा प्रमुखलाई तत्काल निलम्वन गर्यो र अनुसन्धानको प्रक्रिया अगाडि बढायो
। अस्पतालले मेडिकल डाइरेक्टर डा. ईनद्रमान महर्जनको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति समेत गठन गरेको थियो । समितिले छानबिन गरी दोषी उपर कारबाही गर्ने र सत्यतथ्य बाहिर ल्याउने अस्पतालले बताएको थियो । यसैबीच प्रहरीमा जाहेरी नदिन दबाब दिइएको र भित्रभित्रै मिलापत्र गराउन खोजिएको घटना सार्वजनिक भयो ।

जब यो घटना बाहिर आयो , लेखा प्रमुखबाट यस्तै शोषणमा परेको भन्ने अरु महिला पनि थपिए । ३१ र ३७ वर्षीया महिलालाई बलात्कार आरोपमा प्रहरीमा जाहेरी नै पर्यो । अस्पतालबाट पेश्की माग्दा लेखा प्रमुखले अनेक बहान बनाएर यौन शोषण गरेको महिलाहरुको आरोप छ ।

पेश्की माग्न जाँदा शरिर माग्ने, घरमै आएर मनपरी गर्ने , घटना बाहिर ल्याए जागिरै खाने धम्की दिन थाले पीडित महिलाले भनिन् यसरी ४/५ वर्षसम्म शोषण गरिरहे । अति भएपछि उजुरी गरेकी हुँ ।

दुई महिलाले दिएको जाहेरीका आधारमा कास्की प्रहरीले आरोपी लेखा प्रमुखलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्