
कोरोनाको करहका कारण केहीसमय देखि देशका प्राय क्षेत्रमा निषेधाज्ञा गरिएको थियो । तर निषेधाज्ञाकै समयमा रौतहट बस्ने एक बालिकालाई मध्यरातमा ६ जनाले फकाईफूल्याई गरेर भारत लगिरहेका ६ युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीचौकी नरकटियाका असई मेरालाल प्रसाद गुप्ताको कमाण्डमा गएको गस्तीटोलीले उनीहरुलाई परोहा नगरपालिका ७ चिरान चौक बाट बुधवार राति १ बजे पक्राउ गरेको हो ।
फतुवा बिजयपुर नगरपालिका वडा ५ सितलपुरका यादव थरकी एकजना १८ बर्षिया बालिकालाई मध्यरातमा लिएर जाने युवाहरु सबै मौलापुर नगरपालिका ५ र वडा ८ का रहेका छन् ।
पक्राउ पर्नेमा मौलापुर नगरपालिका वडा ८ सोनरनियाका बर्ष २० का अनिल पटेल,बर्ष २० का दिपेन्द्र पटेल रहेका छन् ।
त्यसैगरी, मौलापुर वडा ५ मौलापुर गाँउका बर्ष १९ का अरबिन्द ठाकुर,बर्ष २० का धनन्जय तिवारी,बर्ष १७ का दिपेश यादव र बर्ष २२ का रामबालक पटेल पक्राउ परेको जिल्ला प्रहरी रौतहटका प्रमुख एसपी शिद्धी बिक्रम शाहले जानकारी दिएका छन् ।
आफ्नै गाउँकी बालिकालाई ती युवकहरुले के सोचेर भारततर्फ लगेका थिए, यो आफैँमा गम्भिर विषय छ । निषेधाज्ञामा कसैले नदेख्ने गरी ती बालिकालाई किन लगियो त ? यसबारे हाल प्रहरीले तिव्र रुपमा खोजी गरिरहेको छ ।





