भोलिबाट उपत्यकामा १६ सिट क्षमताभन्दा माथिका सार्वजनिक यातायातमा जोरबिजोर लागू



उपत्यकामा बिहिबारबाट १६ सिट क्षमताभन्दा माथिका सार्वजनिक यातायातहरु जोर बिजोर गरेर चल्ने निर्णय भएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले ३ सातायता जारी निषेधाज्ञालाई थप खुकुलो बनाउँदै १६ सिट क्षमताभन्दा माथिका सार्वजनिक यातायातका साधनमा जोरबिजोर लागू गर्ने निर्णय भएको जानकारी दिए ।

यसबाहेक निजी सवारी साधनमा पनि यो नियम लागू हुने बताइएको छ ।

यसैगरी उपत्यकामा सञ्चालित डिपार्डमेन्टल स्टोर र सपिङ मल सञ्चालनका लागि पनि समय निर्धारण भएको छ ।  बैठकले बिहान ११ बजेसम्म र साँझ फेरि ४ बजेपछि पनि सञ्चालनको अनुमति दिएको दाहालले बताए ।

 

प्रतिक्रिया दिनुहोस्