
काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबारदेखि १६ सिट क्षमताभन्दा माथिका सार्वजनिक यातायातका जोरबिजोर लागू गर्ने निर्णय भएको छ ।
काडमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले ३ सातायता जारी निषेधाज्ञालाई थप खुकुलो बनाउँदै १६ सिट क्षमताभन्दा माथिका सार्वजनिक यातायातका साधनमा जोरबिजोर लागू गर्ने निर्णय भएको जानकारी दिए ।
यस्तै सबै किसिमका निजी सवारीका साधनमा पनि जोरबिजोर नियम लागू गर्ने निर्णय उपत्यकामा प्रमुख जिल्ला अधिकारीहरुको बुधबारको ब्रठकले गरेको उनले बताए ।





