संसारकै अचम्मको द्धीप, जहाँ कोरोना संक्रमित मात्र जान पाउँछन्



कोरोना भाइरसका कारण संसारमा दुई करोडभन्दा बढी व्यक्ति संक्रमित छन् भने लाखौंले ज्यान गुमाएका छन् । कोरोनाले गर्दा शहरहरु लकडाउन छन् । पर्यटकीय स्थलहरु बन्द छन् ।

तर, एउटा त्यस्तो द्धीप छ । जहाँ कोरोना संक्रमित मात्र जान पाउँछन् । ब्राजिल सरकारले देशको एक द्धीप पर्यटकका लागि खुला गरेको छ । फर्नान्डो डी नोरोन्हो द्वीपमा प्रवेश पाउन भने कोरोना संक्रमित हुनुपर्छ ।

 

ब्राजिल सरकारले त्यहाँ कोरोना संक्रमितबाहेक अरुले प्रवेश नपाउने बताएको छ । उक्तद्धीपमा जानका लागि तपाईंले केही रकम तिर्नुपर्छ । यो द्धीप युनेस्कोको विश्व धरोहर स्थलमा सामेल भएको छ ।

प्रतिक्रिया दिनुहोस्