
काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमाल दाहाल प्रचण्डले स्थायी कमिटी बैठकका लागि एजेण्डा तय गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच बुधबार भएको भेटमा स्थायी कमिटी बैठकका लागि एजेण्डा तय भएको हो ।
विवाद समाधानका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदन नै स्थायी कमिटीका एजेण्डा हुने बताइएको छ । यस अघि भदौ १८ गते बसेको सचिवालय बैठकले दुई अध्यक्षलाई कार्यदलको प्रतिवेदनलाई परिमार्जन गर्ने जिम्मेवारी दिएको थियो ।





