नाकमा दाँत पलाएपछी…..



एजेन्सी । मानिसको शारीरिक विकासका क्रममा नियमित भन्दा फरक वृद्धिविकास भयो भने हामीलाई अनौठो लाग्छ । र हामिले पनि हाम्रो समाजमा हामी भन्दा भिन्नै प्रकारको मानिसहरु देख्यौं भने अचम्म मान्छौं र हामिले देखि आएको नि छौं, कोहिको टाउकोमा कपाल नै नभएको, कोहिको नाकको हड्डी नभएको, कोहिको जिव्रो लामो भएको, यस्ता आदि इत्यादि कुराहरु हामी देखिरहेका हुन्छौं र अचम्म मान्छौं ।

हो यस्तै अनौठो देखिने एक व्यक्ति चिनमा छन् । उनको नाकमा दाँत पलाएको छ । सुरुमा थाहा नभएको यो समस्याले समस्याले श्वास फेर्न कठिन हुन थालेपछि अस्पताल पुग्दा मात्र नाकमा पनि दाँत पलाएको खुलेको हो ।

ती युवकको नाकमा पनि दाँत देखेपछि चिकित्सक नै चकित भएका थिए । उनले एक्स रे गरे र भने तिम्रो नाकमा दाँत आएको छ ।

झांग बिन्सेन्ग नाम गरेका ती युवा तीन महिनादेखि श्वास फेर्न कठिन भएपछी अस्पताल गएका थिए ।

डाक्टरका अनुसार एक दुर्घटनाका कारण उनको नाकमा दाँत आएको बताएका छन् । झांग १० वर्षको हुँदा उनी महलको तेश्रो तलाबाट खसेका थिए ।

त्यो बेला उनको दुइृवटा दाँत भाँचिएका थिए । तर एउटाको मात्र उपचार गएिको थियो । डाक्टरका अनुसार जरैसँग उखेल्नु पर्ने दाँतलाई भाँचिएपछि त्यत्तिकै छोडिदिँदा अहिले बढ्दै गएको हो ।

तर अहिले भने ३० वर्षीय झाँगको दाँत नाकबाट आधा घन्टा लामो समयको सर्जरी पछि डाक्टरले निकालिदिएका छन् । अहिले उनको स्वास्थ्य अवस्था राम्रो छ ।

प्रतिक्रिया दिनुहोस्