कोभिड १९ को सम्बन्धमा कामकार्वाही गर्न नवगठित उप समितीको छैटौ बैठक सम्पन्न



आज  कोभिड १९ को सम्बन्धमा सरकारले गरेका कामकार्वाहीको सन्दर्भमा अनुगमन गर्न गठित उपसमितिको छैटौं बैठक माननीय जीवन राम श्रेष्ठको संयोजकत्वमा सम्पन्न भएको छ ।
उपसमितिको बैठकमा संयोजक सहित मा. अञ्जना बिशन्खे, मा. एकवाल मिया, मा. सरिता नयौपाने, मा. तिल बहादुर महत क्षेत्री , मा. सन्तकुमार थारु तथा समितिका सचिव पुष्प प्रकाश खनाल , शाखा अधिकृत अमित यादव लगायतका पदाधिकारीको उपस्थितिमा नेपाल स्वास्थ्य ब्यवसायी परिषदका रजिस्ट्रार पुष्पराज खनाल, नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा. कृष्ण अधिकारी र नेपाल नर्सिङ परिषदका अध्यक्ष प्रा. डा. गोमा देवि निरौला श्रेष्ठ, त्री.वि. शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. रोहित शर्मा, पाटन स्वास्थ बिज्ञान प्रतिष्ठानका निर्देशक डा.रबि शाक्य , वीर अस्पतालका कार्यकारी निर्देशक डा. केदार प्रसाद सेन्चुरी , ग्रान्डी अस्पतालका कार्यकारी निर्देशक डा. चक्रराज पाण्डे, बि एन्ड बि अस्पतालका कोभिड ब्यवस्थापक डा. सङ्गिता शाक्य, काठमाडौ मेडिकल कलेजका प्रतिनिधि डा. जेनस आचार्य,र नर्विक अस्पतालका प्रतिनिधिसङ्ग कोभिडको सम्बन्धमा छलफल सम्पन्न भएको छ।
उक्त छलफलमा माननीय सदस्यहरुले कोभिड १९ को सम्बन्धमा आफ्ना जिज्ञासा तथा आमन्त्रित पदाधिकारीहरुलाई आआफ्नो क्षेत्रका हालको महामारीमा समस्या तथा सुझाव पेश गर्न आव्हान गरेपश्चात् सम्बन्धित पदाधिकारीले आआफ्ना कुरा पेश गरेका थिए ।
मुख्य बुदाहरु:-
१. सबै अस्पतालका आमन्त्रित पदाधिकारीहरुले प्लाज्मा बैंकको ब्यवस्थापन भए कोभिड को उपचारमा झन प्रभावकारी हुनेमा एकमत भएको ।
२. कोभिड उपचारमा खटिएका स्वास्थयकर्मीहरुले प्रोत्साहन भत्तानपाएकोले सबैले गुनासो गर्दै तुरुन्त सरकारले यसको ब्यवस्थापन गरि स्वास्थकर्मीलाई कोभिडको उपचारमा प्रोत्साहन हुने देखिएको
३. पिसिआर परिक्षणको लागि हालभएका मेसिनले अहिलेको अवस्थामा संक्रमण बढे पनि पुग्ने ।
४. पाटन र वीर जस्ता अस्पतालले आफ्नो ५० प्रतिशत भन्दा बढी कर्मचारीलाई अस्पतालको आमदानीबाट तलब भत्ता खुवाइदै आएकोमा कोभिडको समयमा अन्य बिरामीको संख्या न्यून रहेकोले आम्दानी शुन्य भई अस्पताल संचालन तथा तलव भत्ता खुवाउन एकदमी गार्हो भैरहेको बताउनुभयो ।
५. हाल अस्पतालले स्वयं कर्मचारीहरुको तलब ब्यवस्थापन गर्दै आइरहेको मा, अन्त्यमा, उपसमितिका संयोजकले सबैलाई आफ्नो जिम्मेवारी इमान्दारी र सकृयता पुर्वक निर्वाह गर्न र आफ्ना कार्यक्षेत्र मा भईरहेका कामलाई राम्रो सङ्ग कार्य सम्पादन गर्न र सर्वसाधारण नागरिकलाई नन-कोभिड बिरामीले सहज सेवा प्राप्त गर्ने कुरामा ध्यानाकर्षण गराउनु भयो । छलफलमा उठेका सरकार सङ्ग सम्बन्धित बिषयहरु स्वास्थ्यकर्मी को जोखिम भत्ता, तलव र प्लाजमा बैंकका कुराहरु सरकार सङ्ग गर्ने बताउनुभयो ।
Aa

प्रतिक्रिया दिनुहोस्