काँग्रेस महामन्त्री कोइरालालाई कोरोना आशंका पुनः परीक्षण, रिपोर्ट आउन बाँकी



काठमाडौं । कांग्रेसका महामन्त्री डा.शशांक कोइरालालाई कोरोना आशंकामा पुनः स्वाब परीक्षण गरिएको छ । कोइरालालाई सोमबार ९९.८ ज्वरो समेत आएको उनको सचिवालयले जनाएको छ ।

सोमबार ह्याम्स अस्पतालले गरेको स्वाव परीक्षणमा रिपोर्ट बोर्डर लाइनमा देखिएपछि पुनः स्वाव संकलन गरेर टेकुस्थित शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाएको कोइरालाको रिपोर्ट शंकास्पद आएपछि आफुसहित सचिवालयका सदस्य र केही केन्द्रीय सदस्यको स्वाव परीक्षणका लागि लगिएको बताए ।

प्रतिक्रिया दिनुहोस्