अध्यक्ष प्रचण्डद्धारा सहिद वाग्ले र पोखरेलप्रति श्रद्धाञ्जली व्यक्त



काठमाडौं । सत्तारुढ दल (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन नेकपा ( माओवादी)का पिविएम क.शुरेस वाग्ले (बासु) र क.भिमसेन पोखरेल प्रति श्रद्धान्जली व्यक्त गरेका छन् ।

आज पार्टी कार्यलय धुम्बराहीमा कार्यक्रम गर्दे महान् जनयुद्धको क्रममा उच्च सहादात प्राप्त गर्नु हुने वीर सहिदहरुको फोटोमा माल्याणपर्ण गर्दे अध्यक्ष प्रचण्डले तत्कालिन समयमा उहाँहरुले पार्टीको लागि दिएको योगदान महत्वपुर्ण भएको र अहिले पनि बेला बेलामा उहाँहरुको अभाव पार्टी भित्र खडकी रहने बताएका थिए ।

वि.सं. २०५६ भदौमा पार्टी केन्द्रीय समितिको पूर्ण बैठकपछि पार्टीकै कामको सिलसिलामा प्लाटुन कमाण्डर भीमसेन पोखरेल र एक महिला प्लाटुन सदस्य बीनासँग गोरखा जाने क्रममा भदौ २३ गते छोप्राकका नेपाल प्रहरीको स्पेशल कमाण्डो फोर्ससँग जम्काभेट भएको थियो ।

त्यसपछि घेरा तोड्न खोज्दा वाग्लेसँगै रहेका प्लाटुन कमाण्डर भीमसेन पोखरेलको गोली लागेर मृत्यु भयो । वाग्ले उपल्लो गाँखुमा प्रहरीको कब्जामा परे र प्रहरीले त्यही गोली हानेर हत्या गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्