पूर्व सभामुख महरा र मन्त्री पुनबिच रोल्पामा भेटघाट



पूर्व सभामुख  कृष्णबहादुर महरा र नेपाल सरकारका उर्जा जलस्रोत तथा सिचाँई मन्त्री बर्षमान पुनबिच महराको निजी निवास रोल्पामा भेट भएको छ ।

कोभिड १९ का कारण उपत्यकामा निषेधाज्ञा लागू भएसँगै केही समय फुर्सद निकालेर रोल्पा पुगेका मन्त्री पुन जिल्लाका नेता कार्यकर्तासँग भेटघाट गर्न रोल्पा पुगेको बेला महरासँग पनि भेटघाट गरेका हुन् ।

रोल्पाको सम्रग विकास, शिक्षा, स्वास्थ्य, रोजगार र कोभिड १९ ले पारेको असरका बारेमा छलफल भएको बताइएको छ ।

पूर्व सभामुख महरा केहीसमय पहिलेदेखि रोल्पाको आफ्नो निजी निवासमा बसोबास गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्