ईगो, दम्भ र सत्ताले जित्छ , हामी, पार्टी र जनताले हार्छौ : दिपशिखा



नेपाल कम्युनिष्ठ पार्टी (नेकपा)का केन्द्रिय सदस्य तथा राष्ट्रिय युवा संघ नेपालका संयोजक राम प्रशाद सापकोटा (दिपशिखा)ले खुलामञ्चमा थाल थाप्नेहरु नियोजित नभएको बताएका छन ।

सरकारले विश्व महामारी कोभिड-१९ कोरोना भाईरसका कारण सरकारले गत चैत्र ११ गतेदेखि लकडाउन लम्ब्याउन थालेको करिब ६ महिना बित्दासम्म पनि जनजिबिकालाई कसरी जिबिकोपार्जन गर्ने , दैनिक गुजारा कसरी चलाउने भन्नेवारे कुनै ठोस र आधिकारीक निर्णय नगर्दा जनताहरु बाटोबाटोमै मागेर खान थालेपछि चौतर्फी सरकारको आलोचना भैराखेका बेला नेता दिपशिखाले पनि फेसबुक मार्फत आपत्ती जनाएका हुन ।

यो महामारीको बेला नेता कम्रेडहरु अहिलेको संकटमा एक्लो बिर बनेर होईन सरकार, पार्टी र जनबर्गीय संगठनको एकिकृत परिचालनले मात्रै जुध्न सकिने बताएका छन । यतिबेला सरकार अनि सबै दलहरु मौन रहेका बेला नेकपाका सबै जनसंगठन एकिकृत परिचालनका लागी १ हप्ता भित्र एकता सकेर लेनिनबादी संगठनात्मक पद्दती लागु गर्न नेतृत्वलाई झकझक्याएका छन् । पार्टी, संघ, संगठन, जनसमुदायहरु सबै एकाकार भएपछि संकटलाई पन्छाउन र जित्न सकिने समेत बताएका छन् ।

ईगो , दम्भ र सत्ताले मात्र जित्ने अन्तत पार्टी र जनताले हार्छौ भन्दै नेतृत्वमा रहेका सरकार अनि नेतृत्वतिर संकेत गर्दै कसैले पनि दम्भ नदेखाउन चेतावनी दिएका छन । दम्भले हामी , पार्टी र जनता सबैले हार्ने भन्दै चिन्ता ब्यक्त गरेका छन ।

उपत्यकामा सरकारले लकडाउन केहि खुकुलो पारेसगै कोरोना संक्रमित ह्वात्तै बढेपछि केहि समय अगाडी मात्र निषेधाज्ञा लागु गरेपछि खासगरी ज्याला मजदुर गरी खाने बर्गहरु र कोठा भाडामा बस्स्नेहरु खान नपाएर सडकै आएर मागेरनै खान थालेपछि १०० ग्रुप बिभिन्न क्लब , संघ संस्थाहरुले केहि दिन देखि रत्नपार्क, नयाँ बानेस्वर बसपार्क क्षेत्रमा निसुल्क खाना खुवाउदै आईरहेका छन । तर उनिहरुलाई सरकारले कुनै सहयोग नगरेको १०० ग्रुपका याम खडकाले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्