संसारकै अनौठो बोका दिनहुँ आधा लिटर दुध दिने



भनीन्छ नी बाच्नु पर्छ के के देख्न र सुन्न पाईन्छ, हो यस्तै भएको छ । यस्तो अकल्पनीय घटना भारतको राजस्थानमा भएको छ । राजस्थानको धौलपुर जिल्लास्थित गुर्जामा एकजना किसानले घरमा पालेको एउटा बोकाले दिनहुँ दुध दिने गरेको छ ।

हामीले अहिले सम्म थाहा पाएको र देखेको भनेको बाख्रीेले दुध दिएको र दिन्छ भन्ने मात्र हो, बाख्रीले दुध दिनु त अनौठो कुरा भएन । तर जब बोकाले दुध दिन थाल्दछ, तब त्यो दुनियाकै अनौठो आश्चर्य नबन्ने कुरा भएन ।

बोकाबाट दुहेको दुधलाई उसका मालिकले निकै स्वाद मानेर पिउने गरेका छन् ।राजवीर नामका स्थानीय व्यक्तिले घरमा पालेको बोकाले दिनहुँ आधा लिटर दुध दिन्छ । राजवीरले १६ महिना अगाडि स्थानीय हाट बजारबाट अढाई हजार भारुमा सो बोका किनेका थिए ।

दुध दिने बोकाको बारेमा खबर फैलिएसँगै उक्त बोकालाई हेर्न आउनेहरुको संख्या बढिरहेको छ । पशु चिकित्सकहरुका अनुसार उक्त बोकाको शरीरमा हर्मोनको गडबडीका कारण त्यसले दुध दिन थालेको हो । बोकाले दिएको दुध पिउँदा कुनै असर नगर्ने तर दुधलाई उमालेर मात्र पिउनु उपयुक्त हुने पशु चिकित्सक बताउँछन् । एजेन्सी 

 

प्रतिक्रिया दिनुहोस्