पछि हट्यो रेल विभाग, रेलमार्ग निर्माणको ठेक्का रद्द



काठमाडौं । पूर्व पश्चिम रेलमार्गको ट्रयाकबेड निर्माणको ठेक्का रद्द भएको छ । रेल विभागले मंगलबार एक सुचना प्रकाशित गर्दै असार १४ र १७ गते आह्वान गरिएको ठेक्काको सबै प्रक्रिया तोडेको जनाएको छ ।

विभागले ठेक्काको क्लज नम्बर ३७.१ को सेक्सन १ बमोजिम ठेक्का प्रक्रिया रद्द गरेको जनाएको छ । त्यसबाहेक विभागको कानून र लेखा शाखाले पनि ठेक्का प्रक्रिया रद्द गर्ने राय महानिर्देशालाई दिएका थिए । कानून, लेखा शाखा तथा बोलपत्र मूल्यांकन समितिको राय विपरित जान नसक्ने भए पछि विभागले सूचना प्रकाशित गरी बोलपत्र रद्द गरेको हो ।

बोलपत्र मूल्यांकन समितिले कोभिडको कारण जग्गा प्राप्तिमा ढिलाई भइरहेको (साइट क्लिरेन्स) कहिले हुन्छ भन्ने अन्योल रहेको ठेक्का लाग्ने तर ठेकेदारलाई काम गर्ने ठाउँ दिन नसक्दा राज्यको दायित्व बढ्ने कारण देखिएकाले रद्द गर्ने राय दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्