रोहिंज्या शरणार्थीको आधा वर्ष समुद्रमा यात्रा



लगभग ३०० रोहिंज्या आप्रवासीहरु लगातार ७ महिनासम्म समुन्द्र र तटीय क्षेत्र पार गर्दै  इन्डोनेसिया पुगेका विवरणहरूले उनीहरूको कष्टकर यात्रालाई बताउने संयुक्त राष्ट्र सङ्घीय शरणार्थी नियोग (यूएन्एचसीआर) ले जनाएको छ ।

ती आप्रवासीलाई काठको डुङ्गाहरूमा यात्रा गर्दै गर्दा इन्डोनेसियाको सुमात्राको उत्तरी तटमा लोक्सेउमावे शहर नजिकै अवतरण गर्न स्थानीयले सहयोग गरेका राष्ट्रसंघीय अधिकारीहरूले बताएका छन् ।

म्यानमारका मुसलमान अल्पसङ्ख्यक रोहिंज्या समुदायले विगत केही वर्षदेखि यस्तै कठिन यात्रा गर्दै इन्डोनेसिया, फिलिपिन्ससम्म पुग्ने गरेका घटना नयाँ भने होइनन् । यस्तै कठिन यात्रा गर्दै रोहिंज्या शरणार्थी खासगरी एसियाका दर्जनौँ देशमा पुगी सस्तो श्रम बेचेर वा शरणार्थीका रूपमा जीवन विताइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्