आफ्नो सेनामाथि अपहरणको आरोप लागेपछि भारतलाई आक्रोशित हुदैँ चीनले दियो यस्तो जवाफ…



भारतका केन्द्रीय मन्त्री किरेन रिजिजुले भारतीय सेनाको सूचना फलो गर्दै अरुणाञ्चल प्रदेशको सीमानाबाट चिनियाँ सेनाले ५ जना भारतीय नागरिकको अपहरण गरेको आरोपप्रति चीनले कडा प्रतिक्रिया जनाएको छ ।

चीनले सो आरोपको खण्डन गर्दै अरुणाञ्चल प्रदेशकै अस्तित्वमाथि प्रश्न उठाइदिएको छ । चीनले अरुणाञ्चललाई भारतको हिस्सा मान्न नसकिने बरु यो चीनकै दक्षिणी तिब्बतको क्षेत्र भएको प्रतिक्रिया दिएको छ ।

चिनियाँ विदेशमन्त्री वाङ यीले दुई देशबीचको सीमानामा स्थिरता कायम गर्न चीन प्रतिबद्ध रहेको बताएका छन् । उनले चीन परिस्थितिलाई तनावपूर्ण र भड्काउने काममा नलाग्ने बताएका छन् ।

मन्त्री वाङले फ्रान्सेली इन्स्टिच्युट अफ इन्टरनेश्नल रिलेसन्सको एक कार्यक्रमलाई सम्बोधन गर्दै भने– ‘दुई देश (चीन र भारत) बीच अझै सीमांकन भैसकेको छैन, त्यसैले समस्याहरु छन् । चीनले आफ्नो सार्वभौमिकता र क्षेत्रीय अखण्डतालाई मजबुत बनाउन चाहान्छ । यसका लागि भारतीय पक्षसँग वार्ताका माध्यामबाट सबै प्रकारका मुद्धाहरुको समाधान गर्न चीन तयार छ ।’ मन्त्री वाङले चीन राम्रो छिमेकको नीतिमा विश्वास राख्ने र छिमेकीहरुसँग मैत्रीपूर्ण र स्थिर सम्बन्ध राख्न चाहाने बताए । भारत र चीनबीच ३५ सय किलोमिटर लामो सीमा छ । दुवै देश वर्तमान सीमानाका सवालमा सन्तुष्ट छैनन् ।

प्रतिक्रिया दिनुहोस्