“जनताद्धारा अस्विकृतलाई सांसद बनाउने कुचेस्टा नहोस्” : नयाँ शक्ति



काठमाडौं । उपाध्यक्ष गौतमले आफूलाई राष्ट्रिय सभाको सदस्य बनाउने गत फागनु १४ गतेको सचिवालयको बैठकको निर्णय कार्यान्वयन हुनुपर्ने अडान लिएका छन । जब ओलीमाथि प्रधानमन्त्रीमाथि पद छाड्ने दबाव आयो, ओलीले उपयुक्त समयमा प्रतिनिधिसभामा ल्याएर गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरे ।

पार्टी सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभामा मनोनयन गरेर सांसद बनाउने निर्णय गरेको भएपनि अहिलेसमम कार्यान्वयन भएको छैन । तर अर्थमन्त्रीको राजिनामासँगै अव पालो आयो बामदेव गौतमको उनलाई अर्थमन्त्रीमा निरन्तरता दिन राष्ट्रिय सभाको सदस्य बनाउनुपर्ने हुन्छ।

यसै वीचमा नयाँ शक्ति पार्टी नेपालका केन्द्रिय संयोजक रवि किरण हमालद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा प्रदेश सरकारका अधिकार कुण्ठित गर्ने र निर्वाचनमा जनताद्धारा अस्विकार गरिएका पात्रलाई पुनः संघीय सांसद बनाउने विषयमा आफ्नो धारणा सार्वजनिक गरिएको छ ।

निर्वाचन हारेकालाई रास्ट्रिय सभामा लैजानु लोकतान्त्रिक ब्यबस्था, जनताको भावना र संघीय सांसदको गरिमालाई चोट पुग्ने नयाँ शक्तिको ठहर छ ।

सरकारले संघीयता बिरोधि विधेयकहरु ल्याइएको आरोप लगाएको छ । प्रदेश सरकारका अधिकारलाई कुण्ठित गर्ने दिशामा नजान सरकारलाई आग्रह गरेको छ ।

वक्तव्यमा निर्वाचनमा जनताद्वारा अस्विकार गरिएका पात्रलाई पुनः संघीय सांसद बनाउने कुचेस्टा नगर्न समेत चेतावनी दिइएको छ ।

संघीयतालाई उन्नत बनाउँदै लैजानुपर्नेमा प्रदेश सरकारका अधिकारीलाई कुण्ठित गर्ने खालका विधेयकहरु संघीय सरकारका तर्फबाट प्रस्तुत भैरहेको र संघीयता बिरोधि तत्काल रोक्नुपर्ने चेतावनी दिइएको छ ।

 

No description available.

प्रतिक्रिया दिनुहोस्