करेन्ट लागेर मृत्यु



काठमाडौं । काठमाडौं, गोकर्णेश्वर नगरपालिका-३ बालुवा गाम्चा बस्ने २६ वर्षीय श्रीकृष्ण नगरकोटीको करेन्ट लागेर आइतबार मृत्यु भएको छ । आफ्नै घरमा बत्ती जोड्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका उनलाई उपचारको लागि नेपाल मेडिकल कलेज अत्तरखेल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

झापा, हल्दिबारी गाउँपालिका-३ जलथल बस्ने ४७ वर्षीय खड्क कुमार राइको करेन्ट लागेर आइतबार मृत्यु भएको छ । सोही ठाउँस्थित जुसुडी खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको ओमसाई पाथिभरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्