काठमाडौं । सिस्ने गाउँपालिका-७ नाथीघाट बस्ने विजय परियारको ३ वर्षीय छोरा अंकित परियार नाथीघाट खोलामा डुबेर आइतबार मृत्यु भएको छ । उक्त खोलामा खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको हो ।
सुनसरी, भोक्राहा नरसिहं-४ बस्ने नसरुदिन अन्सारीकी १५ महिनाकी छोरी रबिना खातुनको पानी जमेको खाल्डोमा आइतबार डुबेर मृत्यु भएको छ । घर अगाडी खेतमा पानी जमेको खाल्डोमा डुबेर अशक्त भएकी उनको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।





