रोटरी क्लव अफ पशुपति – काठमाडौंद्धारा निशुल्क भोजन वितरण



काठमाडौं । रोटरी क्लव अफ पशुपति काठमाडौं तथा रोट्रयाक्ट क्लव अफ पशुपतिद्धारा आयोजित निः शुल्क भोजन वितरण कार्यक्रम यहि भाद्र २१ गते रत्नपार्क खुलामञ्चमा भएको थियो ।

शहरका विभिन्न ठाउँबाट जम्मा भएका लगभग ७०० जना जति गरीब, निमुखा, विरोजगारी ज्यामी मजदुर विपन्न वर्ग अपाङ्ग असाहाय अनाथ वर्गलाई एक दिनको लागी भोजन वितरण गरेको छ ।

उक्त निशुल्क खाना वितरण गर्ने कार्यक्रममा रोटरी क्लव अफ पशुपति काठमाडौंका अदक्ष्य रोटरीयन शालिक राम अधिकारीले उक्त कार्यक्रम संयोजक समाज सेवी १०० ग्रुप र गोसिप नेपालका संयोजक अशुं यादवलाई धन्यबाद दिनुभयो ।

साथै यस्तो विषम परिस्थितिमा घाम, पानि, धुलो, मैलो नभनी रात दिन खटेर यस्ता विपन्न वर्ग तथा समुदायका मानिसलाई स्वास्थ्य मापदण्ड अनुसार खान ख्वाई राख्नु भएकोमा यहाँहरुलाई धन्यवाद भन्नुभयो  र आज एक दिनको खानामा लाग्ने सम्पूर्ण खर्च रोटरी क्वल अफ पशुपति काठमाडौंले बेहोर्ने समेत जानकारी दिनुभयो । उक्त कार्यक्रममा १०० ग्रुप तथा गोसिप नेपालको संयोजक यादवले रोटरी क्लव अफ पशुपति काठमाडौंलाई पनि धन्यबाद दिनुभयो ।

उक्त कार्यक्रममा रोटरी क्लव अफ पशुपतिबाट अदक्ष्य शालिक राम अधिकारी, आई पि पि हर्क सावद, पूर्व अदक्ष्य दुर्गा सुवेदी, पूर्व अदक्ष्य चुम्बन जंग शाही, सचिव मिलन के.सी, पब्लिक रिलेशन चेयर तेजप्रशाद तिमिल्सीना, तथा रोटरीयन चिरञ्जीवी भट्टराई लगायतको समेत उपस्थीती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्