
काठमाडौं । विभिन्न युट्युब च्यानलका अन्तरवार्तामा कोारोना संक्रमणबाट मृत्यु व्यक्तिको अंग निकालिने गरेको अभिव्यक्ति दिने एक व्यक्ति पक्राउ परेका छन् ।
आफूलाई प्राकृतिक चिकित्सक बताउने सुवास सुब्बा लिम्बु पक्राउ परेका हुन् । महानगरीय अपराध महाशाखाको टोलीले अफवाह फैलाएको अभियोगमा लिम्बुलाई सोमबार पक्राउ परेको हो । लिम्बुले यस अघि विभिन्न मिडियामार्फत कोरोनाबाट मृत्यु हुनेको शरिरबाट अंग निकालिने गरेको अभिव्यक्त दिएका थिए ।
ललितपुरको ढोलाहिटीमा रहेको आयुर्वेद क्लिनिकबाट उनलाई पक्राउ गरिएको महाशाखाका एसएसपी दीपकुमार थापाले बताए । पक्राउ परेका लिम्बुविरुद्ध अफवाह फैलाएको कसुरमा म्याद थप गरेर अनुसन्धान अघि बढाउने प्रहरीको तयारी छ ।





